ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Saturday, July 16, 2016

साउन महिनाभरिको राशिफल

अाज श्रावण महिनाको एक गते । साउने सङ्क्रान्ति । अाउनुहवस्, यो महिना ग्रहगोचरका दृष्टिले कस्तो रहेछ, लेखाजोखा गराैं र महिनाभरिको योजना निर्माण गराैं –

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यो महिना चौथो सूर्य, आठौं शनि तथा मंगल र पाँचौं राहुको अशुभ प्रभाव रहने भएकाले श्रावण महिनामा सकारात्मक लक्षणको कमी हुनेछ । यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । तर चौथो भावमैं बसेको बुध र शुक्र ग्रह एवं पाँचौं भावको बृहस्पति र एघारौं भावको केतुले राम्रा परिणाम पनि प्रदान गर्नेछन् । समय प्रतिकूल हुँदाहुँदै आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । तर पाँचौं भावको गुरु र राहुको युतिले बुद्धिभ्रष्ट गराउने सम्भावना हुन्छ, त्यसैले रिस र आवेगमा नियन्त्रण गरेको जाति हुन्छ । यस महिनामा अरु दिनका तुलनामा ०१, ०२, ०९, १०, ११, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ दिन रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामान्यतया श्रावण महिना शुभ महिना मान्दा हुन्छ । तेस्रो भावको सूर्य, बुध र शुक्र, अनि चौथो बृहस्पति तथा दसौं भावको केतु सकारात्मक लक्षण लिएर उपस्थित भएका छन् । तर सातौं भावको मंगल र शनिश्चर एवं चौथो राहुले अशुभ फल प्रदान गर्नेछन् । आमरूपमा यस महिनामा पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यस अवधिभरि राम्रै छ । तर चौथो राहु एवं सातौं मंगल र शनिश्चरको प्रभावले पारिवारिक समस्या र झैझगडाको परिस्थिति सिर्जना गर्नेछ । साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । खास गरी यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, ३० र ३१ गते तपाईंले सचेत भई कारोबार गर्नु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनार्जनका दृष्टिले यो महिना उत्तम महिनाका रूपमा देखा परेको छ । सूर्यबाहेक सामान्यतया सबै ग्रहले सकारात्मक परिणाम प्रदान गर्नेछन् । आर्थिक रूपले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । तर सूर्य प्रतिकूल छ । यसको प्रभावले शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । सूर्यको प्रभाव शुभ बनाउन दैनिक शुद्ध जल र मह तामाको पात्रमा राखी उदाउँदो सूर्यलाई अर्घ्य चढाउँदा शुभ परिणाममा अझ बृद्धि हुने संकेत छ । यस महिनाको ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३२ गते सचेत भई कार्य गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राशिमा सूर्य, बुध र शुक्रको सकारात्मक प्रभाव छ । दोस्रो भावको बृहस्पति र आठौं भावको केतुले पनि शुभ फल प्रदान गर्नेछ । तर पाँचौं भावको मंगल र शनिश्चरले मानसिक तनाव र छटपटी बढाउन सक्ने भए पनि यो महिना मूल रूपमा शुभ परिणामले नै बढावा पाउने परिस्थिति देखिन्छ । यस अवधिमा अचानक लाभप्राप्त हुने सम्भावना छ । पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । आकस्मिक भ्रमणबाट सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । सानातिना बिमारी र चोटपटकको सम्भावना छ । समग्रमा यो समय सुखसुविधाका लागि महत्त्वपूर्ण रहने छ । यद्यपि शनि, राहु र मंगल तपाईंको विपक्षमा देखिन्छन्, त्यसैले यस अवधिमा बुद्धि र विवेकले काम नगर्न सक्छ । व्यक्तिगत स्वास्थ्यमा समस्या आउन सक्छ । घरपरिवारकै सदस्यका कारण तनाव सिर्जना हुनेछ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । खासगरी यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २५, २६ र २७ गते संयम भई व्यवहार गर्नु उपयुक्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सूर्य, बुध र शुक्र जस्ता प्रभावशाली ग्रह बाह्रौं घरमा बसेको हुँदा श्रावण महिना तपाईंका लागि नकारात्मक महिना मान्दा हुन्छ । यस अवधिमा दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अचानक धनमालको हानि हुने सम्भावना छ । गलत निर्णयका कारण हानि हुनसक्छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यद्यपि राशिमा बसेको बृहस्पति र सातौं केतुले आंशिक रूपमा शुभफल दिनेछन्, तर राशिको गुरुचाण्डाल योगका कारण बुद्धिले काम गर्ने संकेत छैन । विशेष गरी यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २७, २८ र २९ गते तपाईंले अति नै सतर्क रहनु राम्रो हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राहु र बृहस्पति बाहेक अन्य सबै ग्रह अनुकूल छन् । यस महिनाको २२ गते बृहस्पति पनि तपाईंको राशिमा प्रवेश गर्नेछ । जसले तपाईंका महत्त्वाकांक्षा र इच्छालाई बल प्रदान गर्नेछ । आमरूपमा यस महिनामा नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता मिल्नेछ । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । तर बाह्रौंभावमा बसेको बृहस्पति र राहुको गुरुचाण्डाल योगको प्रभावले खर्चको मात्रामा बृद्धि हुनाले अशान्त भइने छ । आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । घरपरिवारका सदस्य तपाईंप्रति उदासीन रहने छन् । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । खास गरी यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, ३० र ३१ गते तपाईंले सचेत भई कारोबार गर्नु राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ । आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । किनभने सूर्य, बुध र शुक्रले तपाईंको कर्मक्षेत्रमा प्रवेश गरेका छन् । तर दोस्रो भावमा पुगेको मङ्गल र शनि तथा पाँचौं केतुको प्रभावले आर्थिक आरोहअवरोह यथावत रहने छ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ , नत्र अप्ठ्यारामा पर्न सकिन्छ । आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । बृहस्पति र राहुले शुभफलमा बढावा दिनेछन् । यस महिनाको ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३२ गतेका दिन अन्य दिनका तुलनामा अलि बढी सचेत हुनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाग्य भावमा पुगेका सूर्य, बुध र शुक्र तथा राशिपति मंगल आफ्नै राशिमा आइपुगेकाले यस अवधिमा मिश्रित परिणाम प्राप्त हुने योग छ । लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । दसौं भावको बृहस्पति २२ गते एघारौं भावमा सर्दैछ, व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । तर शनिको मध्य साढेसातीको चपेटामा हुनुहुन्छ, त्यसैले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । सचेत हुनुहोला । यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २५, २६ र २७ गतेका दिन आंशिका रूपमा अशुभ फलको प्राप्ति हुने सम्भावना हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राशिपति बृहस्पति भाग्यभावबाट २२ गतेका दिन कर्मक्षेत्रमा प्रवेश गर्दैछ । त्यसैले आंशिक रूपमा यो महिना सफल महिना नै छ, तर आठौं भावमा सूर्य, बुध र शुक्रजस्ता प्रभावशाली ग्रह बसेको हुँदा सतर्क र लगनशील भई कार्य गर्ने संकेत गर्दैछन् । अचानक विविध समस्या देखा पर्न सक्छन् । खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । दुर्घटना र चोटपटकको सम्भावना पनि छ । बाह्रौं भावमा बसेको मंगल र शनिले पनि दुःख दिन्छन् । खर्चको मात्रामा अनायासै बृद्धि हुनेछ अनि मानसिक उल्झन र समस्या बढाउन सक्छन् । लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिएर त्यसैमा घोरिरहन सकिन्छ । विशेष गरी यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २७, २८ र २९ गतेका दिन तपाईं अत्यन्त सचेत र सतर्क रहनु बेस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सूर्य, बृहस्पति, राहु र केतु विपक्षमा रहेकाले यस महिनामा शुभफलको आशा नगर्नु नै बुद्धिमानी हुनेछ । यो अवधि मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यस अवधिमा एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् र ठूलो नोक्सानी हुन सक्छ, सचेत रहनु आवश्यक छ, । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । यद्यपि एघारौं मङ्गल र शनिश्चर, सातौं भावको बुध र शुक्र असाध्यै सकारात्मक छन् । कष्टसाध्य समय हुँदाहुँदै मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, ३० र ३१ गतेका दिन तपाईंले सतर्कता अपनाउनु बुद्धिमानी हुने संकेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राशिमा रहेको केतु र बृहस्पतिका कारण महत्त्वाकांक्षा जाग्ने छ । उता दसौं भावमा बसेको मंगल र शनिश्चर तथा छैंटौं सूर्यको प्रभावले केही हदमा सकारात्मक फल पनि प्राप्त हुनेछ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । आत्मविश्वास बढ्नेछ । तर छैटौं घरमैं बसेको बुध र शुक्र, सातौं घरको गुरुचाण्डाल योग र राशिमा बसेको केतुका कारण खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । यसबाहेक व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । यस महिनाको ०५, ०६, १३, १४, १५, २२, २३, २४ र ३२ गतेका दिन तपाईंले सजग र सतर्क भई कार्य गर्नु राम्रो हुने संकेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पाँचौं सूर्य, बुध र शुक्रको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । त्यस्तै भाग्यभावमा बसेको मंगल र शनिश्चरको प्रभाव पनि शुभकारक छ । घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । श्रावण २२ गतेका दिन सातौं भावमा प्रवेश गर्ने बृहस्पतिले त्यसपछि एक वर्षसम्म महत्त्वाकांक्षा परिपूर्ति गर्न मद्दत गर्ने लक्षण छ । घरपरिवार र मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । बाह्रौं भावको केतुका कारण अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ । खास गरी यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २५, २६ र २७ गतेका दिन अशुभ परिणाम प्राप्त हुने संकेत देखिन्छ ।

No comments:

Post a Comment