ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Wednesday, July 27, 2016

आजको राशिफल वि.सं. २०७३ साल साउन १२ गते। बुधबार। इश्वी सन् २०१६ जुलाई २७ तारिख।

 शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– अष्टमी, १५:२१ बजेउप्रान्त नवमी। नक्षत्र– अश्विनी, १०:३४ बजेउप्रान्त भरणी। योग– शूल, २१:०२ बजेउप्रान्त गण्ड। करण– कौलव, १५:२१ बजेदेखि तैतिल, २६:०६ बजेउप्रान्त गर। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– मेष। राशि– मीन, १२:१३ बजेउप्रान्त मेष। बारामा सूर्योदय– ५:२६ बजे, सूर्यास्त– ०६:५७ बजे र दिनमान ३५ घडी ४५ पला। बुधाष्टमी। गोरखकाली पूजा।
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो)
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शुभ कुराको सङ्केत मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । दानदक्षिणा र सरसहयोग गर्दा धनखर्च हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । सानोतिनो लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको भूमिकाको खोजीहुनेछ । आम्दानीमा कमी आउने छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सोचेका कामहरू ढिलो गरी सम्पादन हुनेछन् । व्यापारव्यवसाय र साझेदारीबाट फाइदा हुनेछैन । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक, सामाजिक र मित्रवर्ग बाट धोका हुनसक्छ। छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ ।

No comments:

Post a Comment