ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Saturday, September 9, 2017

ज्योतिषमा सन्तान योग ?


मानव जीवनमा ४ वटा मुख्य ध्येय छन -धर्म, अर्थ, काम र मोक्ष। सैक्स या काम तृतीय ध्येय या पुरुषार्थ को तृतीय लक्ष्य हो। जीवनको लागि जसरि धन आवश्यक हुन्छ त्यस्तै प्रकारले सृष्टि को विकासको लागि ्सेक्स पनि आवश्यक हुन्छ। सेक्सका मुख्य दुइटा लक्ष्यछन आनन्द र वंश वृद्धि।
जन्म कुण्डलीको सप्तम भाव, सप्तमेश तथा शुक्र को माध्यमबाट विवाह सुख हेर्ने गरिन्छ । सन्तान को द्योतक भाव पंचम, पंचमेश स्त्री ग्रह चन्द्र एवं शुक्र तथा पुरुष ग्रह सूर्य, गुरु व मंगल हुन । चन्द्रमा र मंगल ग्रह स्त्री को मासिक धर्म र अंडा निर्माण को कारक ग्रह मानिन्छन। त्यस्तै प्रकार गुरु र चन्द्रमा पुरुष को वीर्य र शुक्राणु ्को निर्माण का कारक ग्रह मानिन्छन
गर्भाधान कहिले हुन्छ?
यो सर्वविदित छ कि स्त्री र पुरुष को समागम को फलस्वरूप अंड र शुक्राणु ्को संयोग बाट गर्भ धारण हुन्छ। जब महिला को मासिक स्राव हुन्छ ्र त्यो बेला जन्मकालीन चन्द्र बाट 3,6,10,11 भाव लाइ छोडेर अन्य भाव मा मंगल होस र पुरुषको कुण्डली मा जन्मकालीन चन्द्रमा देखि गोचर को चन्द्र 3,6,10,11 मध्ये कुनै पनि भावमा होस र गुरु बाट चन्द्र दृष्ट ्छ भने गर्भ अवश्य धारण हुन्छ । पुत्र या पुत्री के र कहिले हुन्छ ? मंगल ले स्त्री को अण्डाणु र गुरु ले पुरुष को शुक्राणु ऊर्जावान्‌ हुन्छन । जब गुरु, मंगल एवं सूर्य को प्रभाव पंचम भाव पर्दछ तब पुत्र को जन्म हुन्छ। चन्द्रमा शुक्र ्को प्रभाव पंचम भाव परे पछि कन्या सन्तान उत्पन्न हुने गरेको पाईएको छ ।
पंचम भाव या पंचमेश दुष्ट ग्रह को प्रभाव मा हुनु वा मध्यमा स्थित हुनु र शुभग्रहको युति व दृष्टि नहुदा त्यस्तो ब्यक्तिको वीर्यमा शुक्राणु प्राप्त हुदैन । यस्तो ब्यक्ति नपुंसक पनि हुन सक्दछ उसले सम्भोग सेक्स त गर्न सक्छ तर सन्तान उत्पन्न गर्ने श्क्ति उसमा हुदैन ।
यदि पंचम भाव लाइ सूर्य, मंगल एवं गुरु देख्दछन र पंचम भाव मा कुनै दुष्ट ग्रह को प्रभाव छैन भने अधिकतर पुत्र नै उत्पन्न भएको पनि मैले पाएको छु। यदि पंचमेश पुरुष ग्रह छ , पापको प्रभाव या दृष्टि छैन , युति पनि छैन तर पनि जब चन्द्र या शुक्र पंचम भाव या पंचमेश लाइ देख्दछन भने जातक का कन्या सन्तान अधिक हुन्छन
सन्तान संबंधी ज्योतिष योग
अब सन्तान संबंधी अनेक ज्योतिष योग को चर्चा म यहा गर्दै छु जसले तपाइ पनि सन्तान संबंधी विश्लेषण कुंडली बाट गर्न साम्र्थ्य हुनुहुनेछ ।
1. लग्नेश १ --२- या ३ भाव मा मा हुदा प्रथम सन्तान पुत्र हुन्छ और यदि लग्नेश चतुर्थ भाव मा भ्हए दोस्रो सन्तान पुत्र हुन्छ।
2. यदि पंचम भाव शुभग्रह ले दृष्ट छ भने सन्तान योग अवश्य हुन्छ । तर शुभग्रह या पंचमेश को दृष्टि न हुदा या पंचम भाव मा शुभग्रह स्थित नहुदा तो सन्तान योग हुदैन
3. सन्तानहीनता-सातौ भाव मा शुक्र तथा दशम भावमा चन्द्र व चतुर्थ भाव मा पापग्रह भए जातक सन्तान हीन हुन्छ ।
4. पंचमेश जहां स्थित छ त्यहा बाट पांच, छ या बारह भाव मा दुष्ट ग्रह स्थित भए जातक लाइ सन्तान को अभाव हुन्छ। यदि सन्तान ्भए पनि जीवित रहन मा सन्देह हुन्छ। अन्य प्पनि धेरै योग र त्यसका उपचार पनि हामि सग छन तपाइ हामि लाइ भेटेर यस सम्बन्धि बिश्र्स परामर्श लिन सक्नुहुनेछ।

कुण्डलि बाट मृत्युको कारण

जानकारिको लागि
ज्योतिष सिक्न इच्छुकहरुको लागि
कुण्डलि बाट मृत्युको कारण
१) तुला राशीको सुर्य अष्टमेशमा भयो भने हिम्श्रक जनावको आक्रमणको कारण मृत्यु हुन्छ ।
२) कन्या राशीको चन्द्रमा अष्टममा बस्यो भने जल बाट भय(डर) र बालारिष्ट(बाल्यकालमै मृयुको) दोश लाग्छ ।
३) मिथुन अथवा मकर राशीको मङ्गल अष्टममा भयो भने सर्पको टोकाइले मृत्यु हुन्छ ।
४) सिंह अथवा बृष्चिकको बुध अष्टममा भएमा खानामा बिष अथवा बिष सेवन गरेर मृत्यु हुन्छ ।
५) बृष अथवा कुम्भको बृहस्पति अष्टममा भएमा आफ्नै कुबुर्दिको कारण मृत्यु हुन्छ ।
६) कर्कट अथवा धनुको शुक्र अष्टममा भएमा नेत्र रोगको कारण मृत्यु हुन्छ ।
७) मेष अथवा मीनको शनि अष्टममा भएमा स्त्री संग्रहण रोग (STDs) लागेर मृत्यु हुन्छ ।
८) कर्कटको मङ्गल अष्टममा भयो भने जलमा डुबेर मृत्यु हुन्छ ।
९) पराशर मुनि भन्नुहुन्छ, "" शनी मङ्गल र सुर्यको युक्ती लग्न अथवा सप्तम भावमा भएमा सुतेको समयमा बिषालु जनावरले टोक्नेछ ।""
#Note ; उपरोक्त बुदाहरुमा कर्कटको मङ्गल, मेषको शनी र तुलाको सुर्य बाहेक अन्य ग्रहले बिपरीत राज योग पनि दिन्छ तर मृत्युको समय कष्टदायी हुन्छ।

Friday, September 8, 2017

आजको राशिफल वि.सं. २०७४ साल भदौ २३ गते। शुक्रबार। इश्वी सन् २०१७ सेप्टेम्बर ८ तारिख।

शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वितीया, ११:०० बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरभाद्रपदा, १३:५३ बजेउप्रान्त रेवती। योग– गण्ड, २२:५९ बजेउप्रान्त वृद्धि। करण– गर, ११:०० बजेदेखि वणिज, २२:२६ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१५ बजे र दिनमान ३१ घडी १२ पला। पञ्चक। तृतीया श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। १३:५३ बजेदेखि सर्वार्थसिद्धि योग २२:३६ बजेसम्म।
आजको चाडपर्व र उत्सव : सोह्रश्राद्धअन्तर्गत तृतीया श्राद्ध, शिक्षा तथा साक्षरता दिवस, साहित्यकार गुरुप्रसाद मैनालीको जन्मदिन,आजको मूहुर्त : अन्नप्राशन(पास्नी)
भोलिको चाडपर्व र उत्सव : सोह्रश्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला (नेवारी पर्व), जननायक वि. पी. कोइरालाको जन्मदिन
मेष राशिफल 
आफूलाई केही रचनात्मक कार्यमा संलग्न गर्नुहोस्। तपाईंको निष्क्रिय बस्ने बानी मानसिक शान्तिको लागि घातक साबित हुन सक्छ। आर्थिक सुधार निश्चित छ। परिवारका एकजना सदस्यको स्वास्थ्य अवस्थाले केही तनाउ पैदा हुनेछ। प्रेम सम्बन्धमा आफ्नो जिब्रो नियन्त्रणमा राख्नुहोस् किनकि यसले समस्यामा पार्न सक्छ। तपाईंले लामो समयदेखि काम गरिरहेको एउटा महत्त्वपूर्ण परियोजनामा ढिलाइ भएको छ। महत्त्वपूर्ण मान्छेसँग बातचीत गर्दा तपाईंको शब्दहरू होशियारीसँग चुन्नुहोस्। तपाईं आफ्नो जोडीसँग क्रोधित भएमा, तपाईंलाई छिट्टै प्रतिक्रिया पाउनुहुनेछ। त्यसैले, आफुलाई नियन्त्रणमा राख्नुहोस्।
वृष राशिफल 
स्वास्थ्य सम्बन्धित समस्याले असुविधा पार्न सक्छ। आजैको दिनको लागि मात्रै बाँच्ने र मनोरञ्जनमा धेरै समय र पैसा खर्च गर्ने आफ्नो बानीमा नियन्त्रण गर्नुहोस्। तपाईंले मित्रहरूबाट सहयोग पाउनुहुनेछ - तर सावधानीसँग बोल्नुहोस्। आफ्नो प्रेमीसँग बदला लिने हुँदा कुनै पनि परिणाम प्राप्त हुँदैन - बरु तपाईंले शान्तिसँग आफ्नो प्रेमीसँग आफ्नो साँचो भावना पोख्नु पर्छ। तपाईंले आज कामको दबाबबाट शान्ति पाउन पर्याप्त समय नपाउन सक्नुहुन्छ। आज धेरै समस्याहरू हुनेछन् - जसलाई तत्काल ध्यान दिनु आवश्यक छ। वैवाहिक जीवनले केही नराम्रो प्रभाव लिएर आउँछ; तपाईंले आज यसको सामना गर्नुपर्ने हुन सक्छ।
मिथुन राशिफल 
धेरै यात्रा गर्नाले तपाईंलाई उन्मादमा पार्नेछ। वित्तीय कठिनाइले आलोचना र तर्क गराउन सक्छ - तपाईंबाट धेरै आशा गर्ने मानिसहरूलाई हुँदैन भन्न तयार हुनुहोस्। सम्बन्धीहरूले केही तनाउ उत्पन्न गर्न सक्छन्। स्थिति नियन्त्रणमा राख्न आफुलाई शान्त राख्नुहोस्। हतारमा गरेको कुनै पनि निर्णयले तपाईंलाई अप्ठ्यारो पार्न सक्छ। आफ्ना प्रेमको अनावश्यक माग गर्न छोड्नुहोस्। आफ्ना सहकर्मीहरूले तपाईंले सँधैं भन्दा आज राम्रो गरि बुझ्नेछन्। केही मनोरञ्जनका लागि राम्रो दिन। आज आफ्नो जोडीसँग तपाईंले केहि बाँट्न बिर्सिनुभएको कारण तपाईंसँग उनी झगडा गर्न सक्छन्।
कर्कट राशिफल 
आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। शंकास्पद वित्तीय सम्झौतामा बाँधिनुबाट सावधान रहनुहोस्। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। तपाईं आज आफ्नो वरिपरि सबैतिर आफ्नी प्रियतमाको प्रेम महसुस गर्नुहुनेछ। यो एउटा सुन्दर प्यारो दिन हो। आज कार्यालयको वातावरण राम्रो नहुन सक्छ। खाँचोमा परेकाहरूलाई मद्दत गर्ने तपाईंको क्षमताले आदर पाउनुहुनेछ। असहमतिको श्रृङ्खला धेरै बढ्नेछ र तपाईंको जोडीसित झगडा मिलाउन धेरै गाह्रो हुनेछ।
सिंह राशिफल 
बुजुर्गहरूले राम्रो लाभको लागि आफ्नो अतिरिक्त ऊर्जाको सकारात्मक प्रयोग गर्न आवश्यक छ। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। नयाँ पारिवारिक उद्यम सुरु गर्न शुभ दिन। यस दिन धेरै सफलता गर्न अन्य सदस्यहरूको मद्दत लिनुहोस्। तपाईं आफ्नो समूह भित्र घुम्नुभयो भने विशेष कसैको आँखा फेला पार्नु हुनेछ। तपाईंका अग्रजहरू वा सहकर्मीहरू तपाईंसँग जति नै रिसाए पनि; आज तपाईं काममा बुद्ध जस्तै बस्नुहोस्। आफ्नो कार्य र बोलीमा ध्यान दिनुहोस् किनकि तपाईंले केही नराम्रो गर्नुभयो भने अख्तियार व्यक्तित्वले थोरै मात्रै जान्नेछ। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ।
कन्या राशिफल स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। तपाईंको हँसिलो मनले तपाईंको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ। तपाईँको आशा अनुसार पैसाको लाभ हुनेछैन। तपाईंले उनका रायको वास्ता गर्नुभएन भने आफ्नो प्रेमीको धैर्य गुमाउनु हुनेछ। तपाईंको रोमान्टिक साथीले तपाईंमाथि चापलूसी गर्ने कुरामा सावधान रहनुहोस् - यो संसारमा मलाई एक्लो नछोड्नुहोस्। तपाईंले आफ्नो काममा ध्यान राख्नुभयो भने सफलता र पहिचान तपाइँको हुनेछ। तपाईंले आफ्नो सम्पत्तिमा लापरवाह गर्नुभयो भने हानि वा चोरी हुन सक्छ। आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।
तुला राशिफल 
कठिनाइ बुन्ने र तिनीहरूलाई बढाउने तपाईंको बानीले तपाईंको नैतिक फाइबर कमजोर हुन सक्छ। आज तपाईंले भूमि, अचल सम्पत्ति, वा सांस्कृतिक परियोजनाहरूसँग सम्बन्धित मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। आफ्नो परिवारका साथ कठोर व्यवहार नगर्नुहोस् - यसले शान्ति बिगार्न सक्छ। झूठो नबोल्नुहोस किनकि यसले तपाईंको प्रेम सम्बन्ध बिगार्न सक्छ। कुनै पनि नयाँ संयुक्त उद्यम र साझेदारीमा हस्ताक्षर गर्नबाट बच्नुहोस्। यात्राले तत्काल परिणाम ल्याउने छैन तर भविष्यमा लाभको लागि राम्रो जग बसाउनेछ। कहिलेकाहीं, वैवाहिक जीवन साँच्चै झर्कोलाग्दो हुन्छ। तपाईँको आजको दिन झर्कोलाग्दो हुन्छ जस्तो देखिन्छ।
वृश्चिक राशिफल 
साथीहरूसँग साँझ रमाइलो हुन सक्छ तर धेरै खानाले भोलीपल्ट बिहान विरक्तलाग्दो हुन सक्छ भन्ने ध्यान राख्नुहोस्। तपाईंले आफ्नो आर्थिकसँग धेरै उदार व्यवहार गर्नुभयो भने तपाईंलाई पछि समस्या पर्नेछ। तपाईंको लापरवाही मनोवृत्तिले आमाबाबुको चिन्ता बढ्नेछ। तपाईंले कुनै पनि नयाँ परियोजना सुरु गर्नु अघि उनीहरूलाई विश्वस्त गर्नु आवश्यक छ। एक अर्कालाई राम्ररी बुझ्नको लागि तपाईंले आफ्नो प्रेमी सँगै समय बिताउनु आवश्यक छ। तपाईंले अनुभवी मानिसहरूले भनेको सुन्नुभयो र आफ्नो काममा नयाँ विचार लागू गर्ने प्रयास गर्नुभयो भने तपाईंले आज लाभ उठाउन सक्नु हुनेछ। आफ्नो योजनामा अन्तिम मिनेटसम्म पनि परिवर्तनहरू हुन सक्छ दिन। तपाईंले आफ्नो वैवाहिक जीवनका विवाहपूर्व, लखेटाई, र फकाउने आदि पुराना सुन्दर दिनहरूको सम्झना गर्नु हुनेछ।
धनु राशिफल 
तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। शंकास्पद वित्तीय उपक्रममा लालच नगर्नुहोस् - निवेशलाई धेरै होशियारीसँग चलाउनुपर्छ। पारिवारिक जिम्मेवारीहरू बढ्नेछन् - जसले तपाईंको मनमा तनाउ ल्याउनेछ। आज कोही तपाईंको प्रेम बीच आउन सक्छ। तपाईं एक दिनको बिदामा जानु हुँदैछ भने चिन्ता नगर्नुहोस् - तपाईंको अनुपस्थितिमा पनि काम सजिलै चल्नेछ। कुनै अनौठो कारणले गर्दा समस्या भएमा - तपाईं फर्केर आएपछि यसलाई सजिलै समाधान गर्नुहुनेछ। आज तनाउले भरिएको दिन हुनेछ, नजिकका कर्मचारीहरूसँग धेरै मतभेद आई पर्न सक्छ। तपाईंले आफ्नो जीवनसाथीलाई नभएर अन्य कसैलाई आफ्नो नियन्त्रण गर्ने मौका दिनुभयो भने, तपाईंले आफ्नो जीवनसाथीको प्रतिकूल प्रतिक्रिया पाउन सक्नु हुनेछ।
मकर राशिफल 
तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। वित्तीय कठिनाइले आलोचना र तर्क गराउन सक्छ - तपाईंबाट धेरै आशा गर्ने मानिसहरूलाई हुँदैन भन्न तयार हुनुहोस्। तपाईंले आशा गरेझै काम गर्न असफल हुनाले बच्चाहरुले निराश गराउन सक्छन्। तपाईंले आफ्नो सपना पूरा भएको देख्नको लागि तिनीहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ। तपाईंलाई आफ्नो जोडीलाई आफ्नो स्थिति बुझाउने प्रयास गर्दा कठिनाई हुनेछ। तपाईंले निराशा भोग्नुहुनेछ - किनकि तपाईंले अपेक्षा गरेका पहिचान र पुरस्कार विलम्वित हुनेछन्। आफ्नो कार्य र बोलीमा ध्यान दिनुहोस् किनकि तपाईंले केही नराम्रो गर्नुभयो भने अख्तियार व्यक्तित्वले थोरै मात्रै जान्नेछ। आफन्तको कारणले आज झगडा हुने सम्भावना छ, तर दिनको अन्त्यमा सबैको राम्रोसँग समाधान हुनेछ।
कुम्भ राशिफल 
आज तपाईं गल्नुहुनेछ र साना कुराहरूले दुखी हुने धेरै सम्भावना छ। ब्याङ्कका कामहरूमा धेरै ध्यान दिनु आवश्यक छ। परिवारको तनाउले तपाईंको ध्यान नबाँटोस्। नराम्रो समयले हामीलाई धेरै ज्ञान दिन्छ। आत्मग्लानिमा संलग्न भएर समय बर्बाद नगर्नुहोस् तर जीवनबाट केही सिक्ने प्रयास गर्नुहोस्। तपाईंका जोडीका परिवारका सदस्यहरूको रुकावटको कारण आजको दिन केही कष्टपूर्ण हुन सक्छ। तपाईंले लामो समयदेखि काम गरिरहेको एउटा महत्त्वपूर्ण परियोजनामा ढिलाइ भएको छ। आज तपाईं पूर्ण रूपमा राम्रो विचारको हुनुहुन्छ र तपाईंका रुचिका गतिविधिहरुले आफुले आशा गरेभन्दा धेर लाभ गराउने छन्। आफ्नो जोडीका आफन्तहरूले तपाईंको वैवाहिक परम आनन्दमा बाधा पुर्याउन सक्छन्।
मीन राशिफल 
मनोरञ्जन र आनन्दको दिन। तपाईंको अव्यावहारिक योजनाले धनको कमी गराउनेछ। आफ्ना पाहुनाहरूसँग अशिष्ट नहुनुहोस्। तपाईंको व्यवहारले आफ्नो परिवारमा समस्या मात्र होइन, सम्बन्धमा पनि शून्यताको सिर्जना गर्न सक्छ। कार्डमा रोमान्टिक खुशीमा परिवर्तन छ। योग्य कर्मचारीहरुका लागि पदोन्नति वा मौद्रिक लाभ। तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। तपाईंलाई आफ्नो जोडीले गरेको प्रेमको गहिराई महसुस हुनेछ किनकि एक निश्चित पक्षबाट तपाईंको लागि यो कठिन समय देखिन्छ।

Monday, October 31, 2016

आजको राशिफल (२०७३ कार्तिक २५ गते बिहीबार/२०१६ नोभेम्बर १०)

कार्तिक शुक्ल एकादशी, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, व्याघात योग, वणिज र विष्टि (भद्रा) करण
आजको चाडपर्व र उत्सव : स्मार्तहरुले लिने हरिबोधिनी एकादशी व्रत, महागुरु फाल्गुनन्द जयन्ती, भीष्मपञ्चकारम्भ, खोटांग बाराह पोखरी र सुनसरीको बाराह क्षेत्रमा धार्मिक मेला प्रारम्भ,
आजको मूहुर्त : दीक्षाग्रहण, मुठी लिने दिन,
भोलिको चाडपर्व र उत्सव : वैष्णवहरुले लिने हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, मन्वादि, चाँगुनारायण अखण्ड दीप दर्शन, रुरु रिडी क्षृत्रमा हृषिकेश रथयात्रा,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, पुरानो घर वा डेरा सर्ने,
आजको राहुकाल र कालवारवेला :–
राहु काल : दिउँसो ०१:०८ देखि ०२:३० सम्म
काल वारवेला : दिउँसो ०२:३० देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२६ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
शुभ वारवेला : बिहान ०६:२२ देखि ०७:४३ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र मध्यरात्रीपछि ०४:४३ देखि ०६:२३ सम्म
अमृत वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म र बेलुका ०६:५१ देखि ०८:३० सम्म
लाभ वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०३:०५ सम्म
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन शुभ, नयाँ प्रगती तथा नयाँ कार्य योजना होला, यात्रा बाट लाभ। आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन शुभ, दैनिक कारोबार सफल, नयाँ कार्य अघी बढ्ने, आम्दानी बिर्द्धी। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन अशुभ, यात्रामा सचेत, केही हानी, कार्यमा बाधा। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन शुभ, समयले साथ दिने, बोलिको प्रभाव रहने, कार्य सिद्धी। आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन शुभ, शुभ कार्यमा मन लगाउनु, सम्मान प्राप्ती, नयाँ कार्य अघी बढ्ने।आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन शुभ, सम्मान मिल्ने, कुनै भूमिका बहन होला, कार्य सिद्धी। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन अशुभ, नकारात्मक सोच औंला, कार्यमा बाधा, स्वास्थ्यमा गडबढी।आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन शुभ, धन प्राप्तिको योग, पारिवारिक सुख, सबैको साथ मिल्ने। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन शुभ, प्रेम तथा पारिवारिक सुख, आम्दानी बढ्ने, कार्य सफल। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन शुभ, दिन रमाइलो रहने, यात्रा रमाइलो, सबैको साथ मिल्ने। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन अशुभ, केही हानी नोक्सानी, यात्रामा सचेत, नयाँ कार्यमा बाधा। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन मद्द्यम, मेहनत अनुसार फल न मिल्ल, दिन रमाइलो, मन प्रसन्न।आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

हिन्दु धर्मग्रन्थ र विमान (प्राचीन विमान शास्त्र !!)

प्राचीन विमानका दुर्इ श्रेणीहरू यस प्रकार थिएः-
मानव निर्मित विमान जुन आधुनिक विमानजस्तै पंखाकाे सहायताले उडान गर्थे।महर्षि भारद्वाजका शब्दमा पक्षिहरूजस्तै उड्ने कारणले वायुयानलार्इ विमान भनिएकाे हाे।वेगसाम्याद विमानोण्डजानामिति ।।
विमानका प्रकार:-
शकत्युदगमविमान (विद्युतबाट चल्ने विमान),
धूम्रयान (धुँवा,वाष्प आदिबाट चल्ने विमान),
अशुवाहविमान (सूर्यका किरणबाट चल्ने विमान),
शिखोदभगविमान (पाराेबाट चल्ने विमान),
तारामुखविमान (चुम्बकीय शक्तिबाट चल्ने विमान),
मरूत्सखविमान (ग्यास इत्यादिबाट चल्ने विमान),
भूतवाहविमान (जल,अग्नि तथा वायुबाट चल्ने विमान)।
आश्चर्यजनक विमान जुन मानव निर्मित त थिएनन् किन्तु तिनीहरूका आकार प्रकार आधुनिक ‘उडन तस्तरी’ जस्तै थियाे।
विमान विकासका प्राचीन ग्रन्थ प्राचीन संस्कृत भाषामा सयाैंकाे संख्यामा उपलब्ध छन् तर अाश्चर्यकाे कुरा के छ भने तिनलार्इ अझैसम्म पनि कुनै आधुनिक भाषामाअनूदित गरिएकाे छैन।भारतवर्षका विद्वानहरूले प्राचीन समयमा जतिबेला विमानकाे अाविष्कार गरेका थिए त्यतिबेला उनीहरूले विमान सञ्चालन तथा हेरचाह गर्ने विधि पनि तयार गरेका थिए । तिनीहरूमध्ये अाज मुश्किलले केहीकाे मात्र अंग्रेजी अनुवाद पनि भेटिन्छ ।
विमान विज्ञान सम्बन्धि केही मुख्य मुख्य ग्रन्थका सारसंक्षेप यसप्रकार छन्ः
१.ऋग्वेदः
मानव मात्रकाे पहिलाे ग्रन्थ याे ऋग्वेदमा कम्तीमा पनि २०० चाेटी विमानकाे वर्णन गरिएकाे छ । तिनमा मूलतः तीनतले, त्रिभुज अाकारका तथा तीनचक्के विमान उल्लेख गरिएकाे छ । सुन, चाँदी तथा फलामका धातुबाट बनेका ती विमानमा तीन यात्रु चढ्न सक्थे भने तिनकाे निर्माण अश्विनीकुमार अर्थात् वैज्ञानिकहरूले बनाएकाे उल्लेख पाइन्छ । वेदमा विमानका अनेक प्रकार वर्णन गरिएकाे छ । त्यसमा अहनिहाेत्र विमानमा दुर्इ इन्जिन तथा हस्त विमान वा हात्ती अाकारकाे विमानमा दुर्इभन्दा धेरै इन्जिन थिए । अर्काे एक विमान किंग फिशर चराजस्तै थियाे भने अन्य जीवका अाकार प्रकारका विमानहरू पनि वेदमा उल्लेख गरिएकाे पाइन्छ । यसमा कुनै सन्देह छैन मानिसले अादिमकालदेखि नै उड्ने प्रेरणा चराहरूबाटै लिएका हुन् ।
यातायातका लागि ऋग्वेदमा वर्णन गरिएका विमानहरूः
जलयानः याे साधन जल तथा वायु दुबै मार्गमा हिंड्न सक्छ ।(ऋग्वेद ६.५८.३)
काराः याे यान पनि जल तथा वायु दुबै मार्गमा चल्न सक्छ ।(ऋग्वेद ९.१४.१)
त्रितालाः याे विमान तीनतले विमान हाे ।(ऋग्वेद ३.१४.१)
त्रिचक्र रथ – याे तीनचक्के विमान अाकाशमा उड्न सक्छ ।(ऋग्वेद ४.३६.१)
वायु रथः रथजस्तै देखिने याे विमान ग्यास वा वायुकाे सहायताले अाकाशमा उड्न सक्ने बताइएकाे छ ।(ऋग्वेद ५.४१.६)
विद्युत रथः याे विमानचाहिँ बिजुलीकाे सहायताले चल्न सक्ने ।(ऋग्वेद ३.१४.१)
२. यजुर्वेदमा पनि विमानकाे उल्लेख गरिएकाे छ जसकाे सञ्चालन प्रणाली अश्विनीकुमारले गर्ने उल्लेख पाइन्छ ।
३.विमानिका शास्त्रः
सन् १८७५ मा भारतकाे एक मन्दिरमा विमानिका शास्त्रकाे एक प्रति भेटिएकाे थियाे । याे ग्रन्थलार्इ भारद्वाज ऋषिले लेखेकाे मानिन्छ भने इ.पू. ४०० वर्ष पुरानाे मानिन्छ र याे महान् ग्रन्थ अंग्रेजीमा अनुवाद भइसकेकाे छ । यस ग्रन्थले अाफूभन्दा अगाडिका ९७ विमानाचार्यहरू तथा २० वटा विमान सम्बन्धि अन्य पुस्तकहरूकाे बारेमा सविस्तार बयान गरेकाे छ । तर दुःखकाे कुरा के छ यसमा भनिएका धेरैजसाे कृतिहरू अहिले लाेप भइसकेका छन् ।
विमानिका शास्त्रमा विमानका बारेमा निम्नलिखित विषयहरू वर्णित थिएः
विमान सञ्चालनका बारेमा जानकारी
उडान समयका सुरक्षा सम्बन्धि जानकारी
चट्याङ तथा हुरी बतासकाे समयमा विमानकाे सुरक्षा गर्ने उपाय
अावश्यकता पर्दा सामान्य इन्जिनकाे सट्टामा साैर्य उर्जाबाट विमान चलाउने विधि अादि । यसबाट के थाहा हुन्छ भने उक्त विमानमा एन्टी ग्रेभिटि क्षेत्रकाे उडान क्षमता पनि थियाे । साथै साे विमानिका शास्त्रमा साैर्य उर्जाबाट विमान चलाउने विषय मात्र हाेइन उर्जा संचित गर्ने प्रविधि पनि व्यवस्था गरिएकाे थियाे । एक विशेष प्रकारकाे शिशाकाे अाठवटा नलीहरूमा साैर्य उर्जा एकत्र गरेर राख्ने विधानकाे बारेमा पुस्तकले प्रकाश त पारेकाे छ तर किताबका कतिपय कुराहरू अझै राम्ररी अध्ययन भइसकेकाे छैन । यस किताबमा जम्मा अाठ भागहरू छन् जसमा विमानलार्इ अागाे तथा टुटफुटबाट बचाउने बारेमा विस्तृत प्रकाश पारिएकाे छ । चित्रहरूकाे प्रयाेगले ग्रन्थलार्इ अाकर्षक बनाएकाे छ । साथै पुस्तकमा ३१ उपकरण र १६ धातुहरूकाे वृतान्त छ। उल्लिखित सबै धातुहरूमा गर्मी खप्न सक्ने विशेषता रहेकाे जनाइएकाे छ ।
४. यन्त्र सर्वस्वः
ऋषि भारद्वाजले नै लेखेकाे यस किताबमा पनि ४० भाग छन् जसमध्ये एक भाग विमानिका प्रकरण भन्ने छ । र, साेही प्रकरणमा १०० विषय तथा ५०० सूत्रहरूमा विमान विज्ञानकाे विशद व्याख्या गरिएकाे छ । यस ग्रन्थमा ऋषि भारद्वाजले विमानलार्इ तीन प्रकारले विभाजन गरेका छन् ः
अन्तरदेशीय विमानः जुन विमान एउटै देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा जाने गर्दछ ।
अन्तर्राष्ट्रिय विमानः जुन विमान एक देशबाट अर्काे देशमा जाने गर्दछ ।
अन्तीर्क्षय विमान ः एक ग्रहबाट अर्काे ग्रहमा जाने विमानलार्इ याे नाम दिइएकाे छ ।
यिनीहरूमध्ये सैनिक विमान विशेष उल्लेख्य थियाे जसका विशेषताहरू विस्तारपूर्वक व्याख्या गरिएकाे छ । उदाहरणका लागि उक्त विमान पूर्णतया अटुट, अागाेबाट सुरक्षित तथा अावश्यकता पर्दा पलभरमा नै एकदम स्थीर हुन सक्ने र शत्रुका नजरबाट गायब हुन सक्ने विशेषताहरूले सुसज्जित थियाे । शत्रुकाे विमानबाट अाउने वार्तालाप तथा अावाज सुन्ने तथा त्यसकाे रेकर्ड गर्न सक्ने गुणले युक्त रहेकाे बताइएकाे छ । साथै शत्रुका विमानका दिशा र दशा पत्ता लगार्इ त्यसमाथि निगरानी गर्न सक्ने, शत्रुका विमानका चालक तथा यात्रीहरूलार्इ दीर्घकालसम्म स्तब्ध गर्न सक्ने क्षमता थियाे । स्वचालित तापमान नियन्त्रण गर्न सक्ने, अावश्यकता अाफैंलार्इ नष्ट गर्न सक्ने, हल्का, उष्णता ग्रहण गर्न सक्ने धातुबाट बनेकाे, अाफ्नाे अाकार सानाे ठूलाे बनाउने क्षमता,अाफ्नाे अावाज पूर्णतया नियन्त्रण गर्न सक्ने, माैसम अनुसार चालक दल तथा यात्रीहरूलार्इ तदनुरूप बदल्न सक्ने अद्भूत क्षमताले युक्त उक्त विमान वास्तवमा कुनै साइन्स फिक्सन लेखकलार्इ पनि अाश्चर्यजनक लाग्ने किसिमकाे थियाे किनभने अाधुनिक कालमा पनि यस्ताे किसिमकाे विमान भनेकाे उडन तस्तरी र अमेरिकी अति अाधुनिक स्टेल्थ फाइटर विमानकाे फ्युजन मात्रै हुन सक्छ ।
यसबाट के बुझिन्छ भने सनातन धर्मका विद्वानहरू जब यति गहन विषयमा प्रकाश पारिरहेका थिए त्याे समयमा बाँकी सारा संसार भने खेती किसानीमा नै मस्त थियाे ।
५.समरांगण सूत्रधाराः
२३० पद्यमा रचिएकाे याे पुस्तकमा विमानकाे उडान, गति, सामान्य तथा अाकस्मिक अवतरण एवं पक्षीहरूकाे दुर्घटनाका बारेमा विस्तृत व्याख्या गरिएकाे छ । प्राय सबै वैदिक ग्रन्थहरूमा विमानकाे अाकार त्रिभुज नै बताइएकाे छ तर यस ग्रन्थमा भने विमानकाे पूर्णतया स्पष्ट र सूक्ष्म ढंगले व्याख्या गरिएकाे छ । यस पुस्तकका अनुसार सर्वप्रथम ब्रह्मा, विष्णु,यम, कुबेर तथा इन्द्रका लागि पाँच प्रकारका विमान बनाइयाे भने त्यसपछि अन्य अतिरिक्त विमान पनि बनाइए । तीमध्ये चार किसिमका विमान यस प्रकार थिएः
रूकमाः याे विमान स्वर्ण रंगकाे थियाे ।
सुन्दरः याे विमान चाँदीबाट बनेकाे थियाे भने हेर्दा सुन्दर रकेटजस्तै थियाे ।
त्रिपुरः त्रिपुर विमान तीनतले थियाे ।
शकुनः याे विमान पक्षी अाकारकाे थियाे ।
यस किताबमा विमान चालकहरूकाे परिशिक्षण, उडान मार्ग, विमानका कलपुर्जा तथा उपकरण,चालक तथा यात्रीहरूकाे पाेशाक तथा लामाे यात्रामा भाेजनलगायतका विषयमा उल्लेख गरेकाे पाइन्छ । यसमा धातुहरूकाे सफा गर्ने विधि, त्यसमा प्रयाेग हुने द्रव्य, विमानमा प्रयाेग गरिने तेल तथा तापमानका विषयमा पनि उल्लेख भएकाे पाइन्छ । विभिन्न किसिमका सात प्रकारका इन्जिनकाे वर्णन ग्रन्थमा छ । साे विमान अाधुनिक हेलिकप्टरजस्तै सीधा माथि जाने तल अाउने तथा दायाँबायाँ गर्न सक्ने क्षमताले युक्त रहेकाे कुरा वर्णन गरिएकाे छ ।
६.कथा सरितसागरः
यस ग्रन्थमा एक हजार यात्रीलार्इ लिएर उड्न सक्ने विमानका सम्बन्धमा चर्चा गरिएकाे थियाे । यहाँ वर्णित विमान मनकाे गतिमा उड्ने क्षमताकाे थियाे । काैटिल्यकाे अर्थशास्त्रका अनुसार सेविकाहरूकाे चर्चा गर्ने सम्बन्धमा ती सेविकाकाे पनि उल्लेख गरिएकाे थियाे जाे अाकाशमा विमान उडाउँथे । काैटिल्यले यसका लागि विशिष्ट शब्दकाे प्रयाेग गरेका छन् । अाकाश युद्धिनाह अर्थात् अाकाशमा युद्ध गर्ने फाइटर पाइलट । चाहे जस्ताेसुकै हाेस् त्याे अाकाश रथ तर त्यसकाे उल्लेख सम्राट अशाेककाे अालेखमा पनि अाएकाे छ । यति समृद्ध सनातन धर्मकाे खुला अाकाशमा यस्ता अनगिन्ती तथ्यहरू छन् जुन हाम्रा ऋषि मनिषीहरूले हजाराैं वर्ष पहिले नै विशद व्याख्या नगरेका हुन् । अावश्यकता छ त केवल अाँखा उघारेर हेर्ने । सनातन धर्मकाे वैज्ञानिक पाटाेकाे बारेमा विशद विवेचना गरिएकाे याे अालेख राजीव दीक्षित अायुर्वेद डट कमबाट नेपालीमा अनुवाद गरिएकाे हाे । कुनै धर्म र संस्कृतिमा यति गहिराेसँग यस्ता गहन विषयमा चर्चा गरिएका ग्रन्थ छन् भने ती हामीसँग मात्र छन् ।

Saturday, October 29, 2016

आजको राशिफल (वि.सं. २०७३ कार्तिक १३ गते शनिबार/२०१६ अक्टोबर २९)

कार्तिक कृष्ण चतुर्दशी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, विष्कुम्भ योग, विष्टि (भद्रा) र शकुनि करण
आजको चाडपर्व र उत्सव : नरक चतुर्दशी, कुकुर तिहार, स्वन्तिचह्रे पूजा, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन
भोलिको चाडपर्व र उत्सव : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, लक्ष्मी पूजा, दीपमालिका, सुखरात्री, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती
आजको राहुकाल र कालवारवेला :–
राहु काल : बिहान ०९:०० देखि १०:२३ सम्म
काल वारवेला : बिहान ०६:१३ देखि ०७:३७ सम्म, साँझ ०३:५७ देखि ०६:५७ सम्म र मध्यरात्रीपछि ०४:३७ देखि ०६:१४ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
लाभ वारवेला : दिउँसो ०१:१० देखि ०२:३३ सम्म र बेलुका ०६:५७ देखि ०८:३३ सम्म
शुभ वारवेला : बिहान ०७:३७ देखि ०९:०० सम्म र बेलुका १०:१० देखि ११:४७ सम्म
अमृत वारवेला : दिउँसो ०२:३३ देखि ०३:५७ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२३ सम्म
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन शुभ, कार्य सिद्धी, पारिवारिक सुख, आत्मबल बढ्ने, नयाँ जागर। आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन शुभ, शुभ कार्यमा मन लगाउनु, दाम्पत्य जीवन सुख, बोलिको कदर।आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन अशुभ, बिवाद होला, पारिवारिक झमेला, प्रेम सम्बन्ध फितलो। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन अशुभ, चिन्ताले सताउला, प्रेम सम्बन्धमा बाधा, बिवाद बाट जोगिनु।आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन अशुभ, कुनै समय आउने, बिवाद, सम्बन्ध फितलो, कार्यमा केही मात्र लाभ।आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन अशुभ, बिद्यार्थी बर्गको मन बरालिने, एक्लो महसुस, केही चिन्ता।आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन अशुभ, नयाँ कार्य न गर्नु, गरेका कार्यमा पनि केही बाधा, तनाब आउने। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन शुभ, दिन रमाइलो, गरेका कार्य बाट जस प्राप्ती, तर वैराग्य मन हुन सक्ने।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन शुभ, बोलिको कदर, जस मिल्ने, सबैको साथ, कार्य सिद्धी। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन मद्ध्यम, हतारमा निर्णय नलिनु, मेहनत खेर जादैन, बिवाद बाट पछी हटदा उचित। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन अशुभ, चिन्ता बढ्ने, आफ्नै कार्यमा समय निकाल्न गाह्रो, बिवाद तथा सरकारी कार्य बाट हानी। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन शुभ, लाभ मिल्ने समय, अधुरा कार्य अघी बढ्ने, सबैको साथ मिल्ने।आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Thursday, October 27, 2016

आजको राशिफल वि.सं. २०७३ साल कार्तिक ११ गते। बिहीबार। इश्वी सन् २०१६ अक्टोबर २७ तारिख।

शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वादशी, १७:१२ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरफाल्गुनी, २९:०० बजेउप्रान्त हस्त। योग– ऐन्द्र, २२:२८ बजेउप्रान्त वैधृति। करण– तैतिल, १७:१२ बजेदेखि गर, २९:४२ बजेउप्रान्त वणिज। आनन्दादिमा मातंग योग। चन्द्रराशि– सिंह, ९:५३ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:१२ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २७ घडी ५५ पला।
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन शुभ, शुभ कार्यमा मन जाने छ, दिन रमाइलो, प्रेम सम्बन्ध गाढा।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन शुभ, यात्रा बाट लाभ, मेहनत खेर जादैन, प्रेम सम्बन्धमा सुधार आउने।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन मद्ध्यम, शुभ कार्यमा लगानी गर्द उचित, अरुको कुरा काममा चासो न दिदा उचित।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन मद्द्यम, मन दोधार नबनाउनु, गरेका कार्य बाट लाभ, आत्मबल बढ्ने।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन शुभ, मन छटपटी भये पनि चन्चल हुने छ, भोगबिलासी र रतिकृया को लागि समय अनुकुल छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन मद्ध्यम छ, मन बुझाउन सक्नु ठुलो हुने छ, कसैको आश न राखी आँफै अघी बढ्दा उचित।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन मद्ध्यम, शुभ अशुभ दुबै, आम्दानिको बाटो खुल्ने छ, दिन रमाइलो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन मद्ध्यम, शुभ अशुभ बराबर, समस्या आउछ तर समाधान लिएर।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन शुभ, आम्दानी बढ्ने, नयाँ कार्य सफल, सबैको साथ मिल्ने।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन मद्ध्यम, दैनिक कार्य सफल तर नयाँ कार्य सुरु न गर्नु, दिन सामान्य रहने।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन मद्ध्यम, शुभ अशुभ दुबै, खर्च बढ्ने तर आम्दानिमा कमी नहुने, यात्रा बाट हानी।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन शुभ, खास कार्य छ भने ४ बजे अघी नै सकी सक्नु, शत्रु पराजित, समयले साथ दिने।